लकडाउन ७० औं दिन: सडकमा ट्राफिक जाम {फोटोफिचर}

ट्राफिक प्रहरीले बढाए चेकिङमा सक्रियता


२१ जेष्ठ २०७७, बुधबार
luckdown in transport 6 scaled

काठमाडौं, २० जेठ । गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले जारी गरेको लकडाउनको देशभरी भइरहेकै छ । तर लकडाउन जारी भएपनि उपत्यका सडकहरुमा भने ट्राफिक जाम देखिन्न थालेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा सरकारले जारी गरेको लकडाउनको उलंघन बढ्दै गएको छ । पछिल्लो पटक लकडाउनलाई जेठ ३२ गतेसम्म लम्बाइएको छ । तर ७० औ दिनसम्म आइपुग्दा लकडाउन उलंघन बढ्नेको संख्या पनि बढ्दै गएको छ ।

उपत्यकाका सडकमा सार्वजनिक बाहेक नीजि सवारी निर्वाध रुपमा गुढिरहेका छन् । लकडाउन भएको लामो समयपछि सरकारले मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । कम जोखिम भएका जिल्ला तथा क्षेत्रमा सञ्चालित उद्योगरकलकारखाना तथा जीवीकोपार्जनसँग जोडिएका क्षेत्र स्वास्थ्य सावधानी अपनाएर सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको छ । वैशाख १६ गतेको मन्त्रिपरिषद बैठकले ४४ वटा क्षेत्रसँग सम्बन्धित उद्योगरकलकारखाना तथा ढुवानीलाई सुचारु अनुमति दिए पनि बजार कलकारखाना सञ्चालन नहुँदा ती उद्योग पनि आंशिक मात्रै सञ्चालनमा छन् ।

७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । देशमा संक्रमणको दोस्रो केस देखिँदा चैत ११ गतेबाट लकडाउन थालिएको थियो । संक्रमित भएकाको संख्या सोमबार नै १८ सय नाघिसकेको छ । लामो समयको लकडाउनका कारण ठूलो वर्गमा जीविकोपार्जनको समस्या देखिन थालेको छ भने नागरिक समाजबाट पनि यसको मोडालिटी परिवर्तन गरिनुपर्ने आवाज उठिरहेको छ ।

ट्राफिक प्रहरीले बढाए चेकिङमा सक्रियता

पछिल्लो चरण लकडाउन खुकुलो भएको भन्ने समाचारहरू प्रकाशित भएसँगै ट्राफिक प्रहरीले चेकिङमा सक्रियता बढाएकाे छ । मंगलबार काठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १५८४ वटा २ पाङ्ग्रे र २२२ वटा पाङ्ग्रे गरी जम्मा १,८०६ वटा सवारी साधनलाई समातिएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल दिए ।

उनले भने, ‘आज विहान ६ बजे देखि वेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।’
कोरोना भाईरसको रोकथामतथा संक्रमण रोक्नको लागि नेपाल सरकारले लकडाउन गरेको हो, लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि हो, यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकाललेआग्रह गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ ।

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७,३३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ । उनले पछिल्लो चरण लकडाउन खुकुलो भएको भन्ने गलत कुराको पछाडी नलाग्न महाशाखाले जनाएको छ ।

पास भएकालाई पनि विशेष निगरानी
पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए ।

दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गइरहेको अबस्थामा सडक प्रयोगकर्ताहरुसंग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने ट्राफिक प्रहरीलाई हुन सक्ने जोखिम न्युनिकरण गर्नका लागी ट्राफिक प्रहरी महाशाखाले पिपिई (पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट) र फेस सिल्ड (भाईजर)सहित ड्युटी परिचालन गर्नुका साथै सामाजिक दुरी कायम राखि सुरक्षित भई चेकजाँचको व्यबस्था समेत मिलाएको प्रवक्ता एसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७