दाङमा वडाध्यक्षसहित पाँच जनामा कोरोना संक्रमण देखिएपछि वडा शिल


२१ जेष्ठ २०७७, बुधबार
korona 1

दाङ, २१ जेठ । दाङको बंगलाचुली गाँउपालिका–५ का वडाध्यक्षसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा शिल गरिएको छ ।

वडामा सङ्क्रमणको उच्च जोखिम भएकाले भएकाले बंगलाचुली गाँउपालिकाले सूचना निकालेर वडा शिल गरेको जनाइएको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि वडा शिल गरिएको पालिकाले जानकारी दिएको छ ।

बंगलाचुली गाँउपालिका–५ का अध्यक्षसहित ५ जनालाई सङ्क्रमण भएको मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७