ट्रम्पलाई प्रहरी प्रमुखको सुझाव : ढङ्गले केही बोल्न सक्नु हुन्नँ भने मुख बन्द राख्नुहोस्


२१ जेष्ठ २०७७, बुधबार
america trump CQTvYWwiny

काठमाडौं, २१ जेठ । एक अफ्रिकी अमेरिकी नागरिकको प्रहरी हिरासतमा मृत्यु हुँदा पूरा अमेरिका अहिले रिसाएको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।

कति स्थानमा त यी प्रदर्शनले हिंस्रक रुपमा लिएको छ र प्रशासनले राजधानी वासिङ्टनसमेत थुप्रै ठूला शहरमा रात्री कर्फ्यू समेत लगाउनु परेको छ । वास्तवमा, करिब हप्तादिन अघि अमेरिकामा एक श्वेत प्रहरी अधिकारीका कारण अश्वेत व्यक्ति जर्ज फ्लोयडको मृत्युको विषयमा हिंस्रक विरोध प्रदर्शन भइरहेको छ ।

america 1JDZyMa77i

विरोध प्रदर्शनका कारण कम्तिमा ४० शहरमा कर्फ्यू लगाइएको छ तर यति हुँदाहुँदै पनि मानिसहरु सडकमा उत्रिरहेका छन् । यसमा कुनै शंका छैन यी प्रदर्शनले राष्ट्रपति डोनल्ड ट्रम्पको चिन्ता पनि बढेको छ ।

यसै वर्षको अन्त्यमा राष्ट्रपति चुनाव हँदैछ । एकातिर ट्रम्प कोरोना महामारीको संकटसँग जुधिरहेका छन् भने अर्कोतफए अब यो हिंसाले उनका लागि नयाँ समस्या खडा गरिदिएको छ । ट्रम्पले बढ्दो हिंसामाथि चेतावनी दिँदै यदि राज्यका गभर्नरले स्थिती नियन्त्रण गर्न विफल भए शान्ति स्थापनाको काम सेनालाई सुम्पिने बताएका थिए ।

1 1

यति मात्रै होइन उनले अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युको विषयमा भइरहेको विरोध प्रदर्शनको आडमा एन्टिफाले दंगा भड्काएको पनि आरोप लगाए । उनले फासीवाद विरोधी समूह एन्टिफालाई आतंककारी संगठन घोषणा गरिने पनि जानकारी दिए ।

यसैबीच अमेरिकाका एक प्रमुख शहर ह्यूस्टनका प्रहरी प्रमुख आर्ट अक्वेडोको एउटा बयान चर्चामा आएको छ । एक समाचार च्यानलसँग कुरा गर्दै उनले डोनल्ड ट्रम्पलाई चुप बस्न सल्लाह दिए ।

अक्वेडोले भने, ‘तपाईं सन् २०२० मा मानिसहरुलाई खतरामा पारिरहनुभएको छ । यो समय भनेको मानिसहरु मन जित्ने हो उनीहरुलाई धम्काउने होइन । पूरा देशभरी प्रहरी अधिकारी घाइते भएका छन्, मानिसहरु घाइते भएका छन् ।

2 1

यस्तोमा हामीलाई नेतृत्वको आवश्यकता छ । तर नेतृत्वले हामीलाई दुःखी बनाइरहेको छ । तपाईं एक राष्ट्रपति हुनुहुन्छ र त्यसैलाई ध्यानमा राखेर आफ्नो निर्णय गर्नुहोस् । यो हलिउड होइन । यो वास्तविक जीवन हो र यो खतरामा छ ।’

यो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ र मानिसहरु प्रहरी प्रमुख अक्वेडोको तारिफ गर्दै ट्रम्पको आलोचना गरिरहेका छन् । वाल डेमिङ्गले ट्वीट गरे, ‘जब हामीले ट्रम्पमाथि महाभियोग चलाएका थियौं तब हामीले उनी तानाशाहतर्फ लम्किरहेको भन्दै चेतावनी दिएका थियौं । मैले त्यतिबेला जे आशंका गरेको थिएँ त्यो अहिले विश्वासमा परिणत भएको छ । यी राष्ट्रपति लोकतन्त्र, हाम्रो परिवार र हाम्रा लागि खतरा हुन् ।’

3 1

गभर्नर क्रिस्टिन टोड विटम्यानले ट्वीट गरिन्, ‘कृपया तपाईं यो संकटबाट टाढै बस्नुहोस् । गभर्नरले के गर्नुपर्छ भनेर उनीहरुलाई नभन्नुहोस् । मानिसहरुलाई शान्त र एकजुट रहन अपिल गर्नुको साटो तपाईं ह्वाइट हाउसको बेसमेन्टमा हुनुहुन्छ र शान्त हुनुहुन्छ । जबकि गभर्नर र मेयर सक्रिय छन् ।’

यद्यपि, यस्ता केही मानिसहरु पनि छन् जो प्रहरीको भूमिकासँग सन्तुष्ट छैनन् र सोसल मिडियामा यसबारे प्रश्न पनि उठाइरहेका छन् । एच रोजर्सले लेखेका छन्, ‘म अमेरिकाका प्रहरी प्रमुखलाई भन्न चाहन्छु कि यदि तपाईं आफ्नो काम गर्न सक्नुहुन्नँ, मानिसहरुको जीउधनको रक्षा गर्न सक्नु हुन्नँ भने किनारा लाग्नुहोस् र अरु कसैलाई यो काम गर्न दिनुहोस् ।’ स्रोतः बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७