भारतमा ‘निसर्ग’ चक्रवातको त्रास : नेपालमा कस्तो पर्ला असर ?


२१ जेष्ठ २०७७, बुधबार
Nisarga Cyclone

काठमाडौं, २१ जेठ । केहि समयअघि ‘अम्पुन’ चक्रवातले धेरै धनजनको क्षति पुर्‍याएको भारत फेरि अर्को ‘निसर्ग’ चक्रवातको खतरामा रहेको छ ।

भारतमा ‘निसर्ग’ चक्रवातको प्रभाव शुरु भइसकेको । कोरोना भाइरस संक्रमणसँग जुधिरहेका बेला आएको ‘अम्पुन’ चक्रवातले भारत र वंगलादेशमा ८० भन्दा बढीको ज्यान लिएको थियो भने करोडौं रुपैंयाँ बराबरको भौतिक सम्पतिमा क्षति पुगेको थियो ।

अहिले कोरोना भाइरस संक्रमण झन उच्च बनिरहेका बेलामा भारत फेरि अर्को ‘निसर्ग’ चक्रवातको खतरामा रहेको छ । भारतको मौसम विभागका अनुसार अरब सागरमा विकसित यो चक्रवातको प्रभावले मुम्बईको सान्ताक्रुज क्षेत्रमा बिहानैदेखि प्रतिघण्टा २२ किलोमिटर वेगमा हावाहुरी चल्न थालिसकेको जनाइएको छ ।

चक्रवात आज दिउँसो भारतका महाराष्ट्र वा गुजराको जमिनमा ठोक्किने सम्भावना रहेकाले त्यस क्षेत्रमा मंगलबार रातिदेखि नै त्रास फैलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच यसको असर नेपालमा पनि पर्ने यहाँका मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार नेपालमा त्यस चक्रवातको आंशिक प्रभाव शुरु भइसकेको छ ।

निसर्ग चक्रवातको जोखिममा भारत पर्दा यसको प्रभाव नेपालमा समेत पर्ने गर्छ । अहिले नेपालमा पश्चिमी वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

हाल प्रदेश–१ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ । महाशाखाले देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बुधबार प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आशिंक बदली रहनेछ । प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

विहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहेर बाँकी भू–भागमा मौसम सामान्य बदली रहनेछ । सुप प्रदेश , कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी प्रदेशका भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू–भागमा मौसम सामान्य बदली रहनेछ । सुप प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७