विश्वभर २९ लाख ८६ हजार काेरोना संक्रमित निको, मृत्तक तीन लाख ८१ हजार


२१ जेष्ठ २०७७, बुधबार
korona 7

काठमाडौं, २१ जेठ । विश्वभर हालसम्म २९ लाख ८६ हजार भन्दा धेरै कोरोना भाइरस संक्रमित उपचापछि निको भएका छन् ।

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ८१ हजार नाघेको छ । आज (बुधबार) बिहानसम्मको तथ्याङ्कअनुसार विश्वभर तीन लाख ८१ हजार ७०६ जनाको मृत्यु भएको छ ।

वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर ६४ लाख ७३ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा मात्रै विश्वभर १ लाख १० हजार २० जनामा संक्रमण देखिएको छ ।

गएको २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा १२ सय भन्दा धेरैको मृत्यु भएको छ । त्यसैगरी अमेरिकामा ११ सय ३२, बेलायतमा ३२४, मेक्सिकोमा २३७, भारतमा २२१, रुसमा १८२, फ्रान्समा १०७ जनाले ज्यान गुमाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७