१२ बर्षीया बालिकाको पेटमा आठ महिनाको गर्भ, युवक पक्राउ


२१ जेष्ठ २०७७, बुधबार
garva

उदयपुर, २१ जेठ । बलात्कारमा परेकी उदयपुरकी एक १२ वर्षीया बालिका गर्भवती भएको पाइएको छ ।

उदयपुर जिल्लामा १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिकाका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

बालिकाको स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको खुलेको हो ।

१२ वर्षीया बालिकाको पेटमा बच्चा देखिएपछि यकिन गर्न लगातार पाँच पटकसम्म परीक्षण गर्दा पनि गर्भ रहेको पुष्टि भएपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाबार जानकारी गराएकी थिइन् ।

कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डट डा. मुकलेस माधवीले चार पटकसम्म पिसाबबाट परीक्षण गरिने युरिन प्रिभिन्टी टेष्ट (युपिड) गर्दा पोजिटिभ देखिएको बताए ।

अल्ट्रा साउण्ड गरेर हेर्दा बालिकाको ८ हप्ताको गर्भ रहको पुष्टि भएको डा.माधवीले बताए । पक्राउ परेका युवकमाथि प्रहरी आवश्यक अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७