दक्षिण कोरियामा ‘रेमडेसिभर’ औषधिलाई कोरोनाविरुद्ध प्रयोग गर्न अनुमति


२१ जेष्ठ २०७७, बुधबार
7fa730ab6d5204b74619300e4c92b866 w1000 h500 cp

सियोल, २१ जेठ । दक्षिण कोरियाले कोरोना भाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ ।

यो अनुमति दिएसँगै कोरोना भाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भएको छ ।

संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेमडेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिइसकेको छ । त्यसलगत्तै जापानले पनि यो औषधिको प्रयोगलाई अनुमति प्रदान गरेको छ ।

दक्षिण कोरियामा रेमडेसिभरका सम्बन्धमा भइरहेको अनुसन्धानले बिरामी निको हुने समयमा निकै कमी आएको देखाएको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस औषधिको आयातका लागि अमेरिकी कम्पनी जाइलिडसँग परामर्श गरिरहेको बताएको छ । तर यस औषधिको मूल्य र संख्याका बारेमा केही खुलाइएको छैन ।

दक्षिण कोरियामा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ५९० जना संक्रमित भएका र २७३ जनाको मृत्यु भएको छ । अहिले पनि करिब ८०० जना बिरामी व्यक्तिहरु अस्पतालहरुमा उपचार गराइरहेका छन् । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७