भारतमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, ४,८३३ जनाको मृत्यु


२१ जेष्ठ २०७७, बुधबार
000 1SN3LH

नयाँदिल्ली, २१ जेठ । छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ । यसअघि मंगलबार एकै दिन भारतमा ८ हजार ९०९ जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो आँकडाअनुसार भारतमा कुल संक्रमित संख्या दुई लाख ८ हजार ४०४ जना पुगेको छ र ४ हजार ८३३ जनाको मृत्यु भइसकेको छ । कुल संक्रमित संख्याका आधारमा भारत विश्वको सातौं स्थानमा छ ।

भारतमा कुल संक्रमितमध्ये १ लाख ४ सय ११ जना निको भइसकेका छन् भने र अहिले पनि १ लाख २ हजार १ सय ६० जनामा सक्रिय संक्रमण छ । सक्रिय संक्रमणका आधारमा भारत विश्वमा अति प्रभावित देशको सूचीमा चौथो स्थानमा आउँछ । यसभन्दा बढी सक्रिय संक्रमित अमेरिका, ब्राजिल र रुसमा छन् ।

कोरोनाको मृत्युदर भने भारतमा न्युन छ । संक्रमितमध्ये २ दशमलव ८२ प्रतिशतको मात्रै ज्यान गरेको छ । भारतबाहेक अन्य दक्षिण एशियाली देशमा पनि कोरोना संक्रमण फैलने दर उच्च छ ।
पाकिस्तानमा कुल ८० हजार ४ सय ६३ जनामा संक्रमण देखिएको छ ।

यसमध्ये १ हजार ६ सय ८८ जनाले ज्यान गुमाएका छन् । २८ हजार ९ सय २३ जना निको भएका छन् भने ४९ हजार ८ सय ५२ जनामा अझै संक्रमण कायम छ । त्यस्तै, बंगलादेशमा कुल ५५ हजार १ सय ४० जनामा संक्रमण देखिएकोमा ७ सय ४६ जनाले ज्यान गुमाएका छन् ।

११ हजार ५ सय ९० जना निको भएका छन् भने ४२ हजार ८ सय ४ जनामा अझै संक्रमण कायम छ । दक्षिण एशियाली देशमध्ये नेपाल चौथो स्थानमा छ । नेपालमा अहिलेसम्म २ सय ९९ संक्रमितमध्ये २ सय ६६ जना निको भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७