कोरोनाबाट थप एकको मृत्यु, मृत्तकको संख्या नौं पुग्यो, संक्रमितकाे संख्या २३ सय पुग्यो

आज एकै दिन २०१ जनालाई कोरोना संक्रमण, २७९ जनाले जिते कोरोना


२१ जेष्ठ २०७७, बुधबार
bikash devkota

काठमाडौं, २१ जेठ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौं जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जनाको मृत्यु भई कोरोनाले मृत्यु हुनेको संख्या नौं जना पुगेको जानकारी दिएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दोलखाको ७६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनका अनुसार जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगल भर्नामा भएका उनलाई हेमोराइजिक स्ट्रोक भएको थियो ।

उनको अपरेसन गरिएको थियो । जेठ १५ गते स्वाबको परीक्षण पश्चात उनमाा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र बुधबार निधन भएको हो । उनी आईसीयूमा उपचाररत थिए ।

हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ९ जनाको मृत्यु भएको छ ।

यस्तै आज आज (बुधबार) एकै दिन २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले पछिल्लो २४ घण्टामा थप २०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ । बुधबार थप १२ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७