कोरोना रोकथाम र नियन्त्रणमा सरकारको हालसम्मको खर्च १० अर्ब


२१ जेष्ठ २०७७, बुधबार
korona samiti 1

काठमाडौं, २१ जेठ । लकडाउनका बेला सरकारले राहतका लागि कुनै सहयोग नगरको गुनासो बढिरहेका बेला सरकारले भने कोरोना रोकथाम र नियन्त्रणका लागि हालसम्म १० अर्ब रुपैंयाँ खर्च भइसकेको जनाएको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रण, उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिएको छ । कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् ।

अझै स्थानीय तहबाट भएको खर्चको विवरण आइनसकेको उनले बताएका छन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट एक अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन् । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उनले बताए ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । समिति बैठकमा लक डाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७