२०७७ जेठ २२ गते बिहीबारको तपाईको राशिफल


२२ जेष्ठ २०७७, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कहीं–कतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनमा उत्साहका साथै बोली विक्ने समय छ । शुभकार्यको चर्चा चल्ने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम पुनः सुरू हुन सक्छन् । प्रेम प्रसङ्गमा रमाइलोपन आउने छ । सन्तानबाट सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आँटेको र ताकेको कार्य पुरा होला । प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यक्तिगत कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । चिन्ता हटेर मन हलुका हुनेछ । घरायसी मनोरञ्जन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुशीका निम्ति केही खर्च हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो काममा विस्तारै सफलता हात पर्नेछ । प्र मार्फत इष्टमित्रसँग भेटघाट होला । चिताएको कामले तीव्रता लिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । सन्तान सुख मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउँला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आर्थिक संकटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७