टोटनह्यामका एक खेलाडीलाई कोरोना संक्रमण


२२ जेष्ठ २०७७, बिहीबार
muFWn1qeBCkaoZebs4em

काठमाडौं, २२ जेठ । इङलिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका एक जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो पटक भएको परीक्षणमा एक जनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको क्लबले जनाएको छ । तर गोपनियताको कारण देखाउँदै क्लबले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन । संक्रमण देखिएका व्यक्तिलाई हाल सात दिने आइसोलेशनमा राखिएको छ ।

पछिल्लो चरणमा गरिएको एक हजार १९७ खेलाडी तथा पदाधिकारीले परीक्षणमा एक जनामा मात्रै संक्रमण देखिएको हो । प्रिमियर लिग क्लबमा अहिलेसम्म पाँच चरणको परीक्षण भएको छ, कुल ५ हजार ७९ परीक्षण भएकोमा १३ जनामा संक्रमण देखिएको हो ।

प्रिमियर लिगका खेलाडी तथा पदाधिकारीको हाल हप्ताको दुई पटक परीक्षण हुँदै आएको छ । लिगको खेलहरु जुन १७ देखि पुनः शुरु हुँदैछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७