कञ्चनपुरका स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण


२२ जेष्ठ २०७७, बिहीबार
Seti Hospital

कञ्चनपुर, २२ जेठ । अग्रपंत्तिमा रहेका खट्दै आएका कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौरीफन्टा नाकामा भारतबाट आएका नेपालीहरुको स्वाब संकलनमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको जनाइएको छ ।

उनले तीनै तहका सरकारबीच कामको तालमेल नमिल्दा र विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत काम गर्नुपर्दा स्वास्थ्यकर्मीहरु जोखिममा परेको बताए । पीपीई लगायतका सुरक्षा सामग्री अभावमा काम गर्नुपरेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७