असोज २० देखि २६ गतेसम्मको साप्ताहिक राशीफल


२० आश्विन २०७४, शुक्रबार
साप्ताहिक राशिफल weekly Horoscope

मेष 

सफलता हात पार्न थप खर्च गर्नुपर्ने देखिन्छ । अध्ययनका सिलसिलामा विदेश भ्रमण हुनसक्छ । नातेदार तथा कुटुम्बहरूसितको भलाकुसारीमा समयको ख्याल गर्नुहोला । व्यवसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ । कारोबारबाट मुनाफा हात पार्न अझै केही समय कुर्नुपर्नेछ ।

साप्ताहिक राशिफल weekly Horoscope

वृष 

प्रेमी–प्रेमिकाको योजना सफल पार्न अभिभावकहरूको रुचिको ख्याल गर्नुपर्नेछ । मान्यजनको सुझाव आत्मासात् गर्दा करियर सहजै उचाइमा पुग्नेछ । अर्काको देखासिकी गरी पहुँच तथा क्षमताले नभ्याउने काममा समय खर्चिंदा पछि परिएला । सेतो रंगको सवारी साधनले आत्माबल बढाउनेछ  ।

मिथुन

सामूहिक लगानीको व्यवसायमा विवाद निम्तिने खतरा टरेको छैन । अवसरको खोजी गर्दै अन्य मुलुक पुगिने सम्भावना छ । पुरुषार्थले जटिल समस्याहरू सुल्झाउँदै धेरैको प्रशंसा बटुल्न सकिनेछ । अनुशासन एवं मर्यादा पालन नगर्दा विवाद आइलाग्न सक्छ, जसमा विवेक तथा सचेतता अपनाउनुहोला ।

कर्कट

अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । शुभचिन्तकहरूले विभिन्न जिम्मवारी दिलाउनेछन् । अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । निजी क्षेत्रमा राम्रै आम्दानी हुने रोजगारी प्राप्त हुनेछ ।

सिंह 

लक्ष्य प्राप्त गर्न थप मेहनतको आवश्यकता पर्नेछ । परिवारजनको भावनालाई वेवास्ता गर्दा समस्या देखा पर्न सक्छ । गल्ती सच्याउनाले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिकाको अवसर पुन: प्राप्त भै टाढिएका साथीभाइ नजिकिनेछन् । नयाँ अवसरका लागि शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ ।

कन्या

बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिनेछ । रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात पर्नेछ । विपक्षीले स–साना त्रुटि औंल्याउन सक्छन् । आफ्नो खानपान तथा पहिरनले अरूको मन लोभ्याउनेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ ।

तुला

अभिभावकको आर्थिक निगरानीले मनमा चोट पुग्न सक्छ । विवेक पुर्‍याएर आर्थिक कारोबार गर्नुहोला । महत्वपूर्ण सभा–सम्मेलन, भेटघाटजस्ता काममा लाग्ने अवसर जुट्नेछ । पाहुनासँग रमाउँदै विशेष परिकारको आन्नद लिन पाइनेछ । साताको अन्त्यमा राम्रा अवसर तथा शुभ सन्देश प्राप्त हुनेछन् ।

वृश्चिक

गोप्य सूचनाहरू बाहिरिनाले मर्यादामा आँच आउन सक्छ । प्रेममा अविश्वासको वातावरण सिर्जना हुने देखिन्छ । फजुल खर्च गर्नैपर्ने वातावरण तयार हुनेछ । आफन्तजनसँग कुरा नमिल्दा मन खिन्न रहनेछ । दुविधापूर्ण मनस्थितिमा गरिएका काममा अपजस आइलाग्ने हुनाले सरोकार नभएका विषयमा ध्यान नदिनुहोला ।

धनु

परिस्थितिको हेक्का राखी चुनौतीलाई मौकाका रूपमा शिरोधार्य गर्नुहोला । रोजगारीका नयाँ क्षेत्रमा पद बहाल गर्ने अवसर प्राप्त हुन सक्छ । सामाजिक हैसियतका कारण जीवनशैलीमा परिर्वतन ल्याउनुपर्ने बाध्यता आइलाग्नेछ । पूण्य आर्जनमा केही समय खर्चनुपर्नेछ । मनोरञ्जनमा सहभागी हुँदा खानपानमा ध्यान दिनुहोला ।

मकर

एकाग्रतापूर्वक गरिएका कार्यमा सफलता हात पार्न सकिनेछ । उपलब्धि देखाएर धेरैको मन जित्न सकिएला । पहिलेका समस्या सुल्झँदै परिस्थिति अनुकूल बन्नेछ । धन खर्च गर्दा राम्रोसँग रकम विनियोजन गर्नुहोला । सप्ताहन्तमा आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधनसमेत जुटाउन सकिनेछ ।

कुम्भ

पूर्वपरिचित मित्रबाट अचानक प्रेम प्रस्ताव आइलाग्न सक्छ । प्रतिस्पर्धामा सफलता हात पर्नेछ । हतारमा गरिएको कामले उल्टो परिणाम दिन सक्छ । धैर्यतालाई विशेष महत्व दिनुहोला । मंगलबारपछिका दिनमा महत्वपूर्ण काम सम्पन्न हुनेछन् ।

मीन

साथीहरूले आर्थिक सहयोग तथा सापटीको अपेक्षा राखेका छन् । आफ्नो ढिलासुस्तीको फाइदा विपक्षीले उठाउन सक्छन् । दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन्, त्यसमा तदारुकताको आवश्यकता पर्नेछ । साताको अन्त्यमा विशिष्ट व्यक्तिहरूसँगको भेटघाटले नौला कुरा सिक्ने अवसर जुटाउनेछ ।

-साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७