भारी हिमपातका कारण मनाङ्गमा १० पर्यटक सम्पर्कविहीन


१० माघ २०७४, बुधबार
snow manag
????????????????????????????????????

काठमाण्डौं, १० माघ : हावा हुरीसँग मंगलबार दिउँसोदेखि परेको हिमपातले मनाङ्गको जनजीवन कष्टप्रद बनेको छ । हिमपातका कारण १० पर्यटक सम्पर्कविहीन भएका छन् ।snow manag

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिएका छन् ।हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारका लागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७