म्यानमारबाट २६ नेपालीको उद्धार (फोटो फिचर)


२३ जेष्ठ २०७७, शुक्रबार
resque scaled

काठमाडौं, २३ जेठ । सरकारले पहिलो चरण अन्तर्गत आज (शुक्रबार) म्यानमारबाट २६ नेपालीको उद्धार गरेको छ । म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई शुक्रबार काठमाडौंमा आइपुगेका हुन् ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी)को संयोजनमा उद्दार गरेर ल्याइएका सबैलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा लगिएको छ ।

२६ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ भएकोले एक दिन मात्रै होल्डिङ सेन्टरमा राखेर उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने तयारी गरिएको छ । उद्धार गरिएका २६ जना युवादेखि वृद्ध उमेर समूहका रहेका छन् ।

यस्तै यूएईबाट स्वदेश फर्कन लागेका नेपालीले विमानस्थल पुगेर बोर्डिङ पास लिएका छन् । इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना अहिले यूएईको सारजहा विमानस्थलमा पुगेका छन् ।

उनीहरुलाई एयर अरबियाको उडान नम्बर जी ९१७५१ मार्फत नेपाल फर्कनका लागि यूएईको स्थानीय समय अनुसार बिहन १० बजेर ५५ मिनेको बोर्डिङ पास दिइएको छ । तर अहिले विमानस्थल पुगेका नेपालीको कोरोना जाँच भएको छैन । जाँच हुने नहुने भनेर अहिलेसम्म पनि निश्चित नहुँदा उनीहरुको उडान हुन्छ कि हुँदैन भन्ने टुंगो लागेको छैन ।


हेर्नुस् तस्विर

resque 1
resque 2
resque 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७