प्रदेश-२ मा आजै थपिए ८३ संक्रमित, संक्रमितको संख्या एक हजार ६४ पुग्यो


२४ जेष्ठ २०७७, शनिबार
Pradesh 2

जनकपुरधाम, २४ जेठ । प्रदेश–२ मा आज (शनिबार) थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार आएको पीसीआर रिपोर्ट अनुसार प्रदेश–२ का ८३ जनामा कोरोना संक्रमण देखिएको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

तर थपिएका नयाँ संक्रमित कुन जिल्लामा कति भन्नेबारे जानकारी आइनसकेको निर्देशनालयका कर्मचारी बताउँछन् । योसहित प्रदेश–२ मा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७