विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियो)


२४ जेष्ठ २०७७, शनिबार
101544954 1152422471795379 4089050202134488913 n

कलैया, २४ जेठ । भोजपुरी भाषाको फिल्म, गीत, संगितप्रति बढदै गईरहेको जनचाहनासँगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् ।

निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा गायक विजय यादव निर्विजको स्वरले सुसजित भोजपुरी गीति एल्वम ‘रुपवा सलोना’ को पहिलो गीत टि–सिरिजले अफिसियल युट्युव च्यानलमाफर्त सर्वजनिक गरेको छ ।

बलिउडको नं. १ म्यूजिक कम्पनीबाट टि—सिरिजले नेपाली कलाकारको गीत सार्वजनिक गरेपछि नेपालको भोजपुरी दर्शक एवं श्रोता माझमा चर्चाको बिषय बनेको छ । पछिल्लो समय नेपाली गायक–संगीतकारहरुको गीत सर्वजनिक हुन थालेपछि नेपाली कलाकारहरुमा उत्साह बढेको छ ।

नेपालको तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिससलगायतका ठाउँमा भोजपुरी गीत, संगीत, फिल्मको प्रभाव अत्याधिक रहेको छ । केही समययता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गीत संगीत रेकड गर्न थालेसँगै बलिउडका नं. १ टिसिरिज कम्पनीले सार्वजनिक गर्न थालेको हो ।

टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गीति एल्वमको पहिलो गीत ‘रुपवा सलोना’ भन्ने बोलको टाइटल गीत सार्वजनिक गरिएको प्रोडक्सनका सिईओ रचना शिवाकोटीले बताइन् । शिवाकोटीका अनुसार गीत सन्तोष उप्रेतीको रहेको छ भन्ने पछिल्लो समय नेपालको भोजपुरी संगीतमा चर्चित रहेका संगीतकार सन्तोष राजको संगीतबाट सजाइएको छ ।

रौतहटको फातुवा विजयपुर नगरपालिका सन्तपुर निवासी एवं तराई मधेसका पहिलो फिल्म स्टडिजमा स्नातक गरेका प्रदेश नं. २ का चर्चित गायक विजय यादव निर्विजको स्वरबाट सुसजित उक्त रुपवा सलोना गीतको म्यूजिक भिडियोको डाइरेक्सन रंधिर श्रेष्ठले गरेका छन् ।

त्यस्तै म्यूजिक भिडियोमा कलाकारहरु कुमार यस र आर्जू खरेलले अभिनय गरेका छन् भने कारोयोग्राफी अर्जून विसीले गरेका छन् । यो गीत नेपालको भोजपुरी फिल्म जगतको लागि गौरवको रुपमा स्थापित हुने गायक विजय यादव निर्विजले बताएका छन् ।

तराई मधेसमा पछिल्लो समय अन्य भाषा भन्दा बढी भोजपुरी भाषाको फिल्म, गीतप्रति सर्वसधारणको चासो बढदै गईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७