पहुँचवालाको लकडाउन


२५ जेष्ठ २०७७, आईतवार
Naresh Kangmang Rai 768x533134 1 scaled

कोरोना भाइरसले विश्वलाई थाङथिलो बनाएको छ । लकडाउनमा थुनिएको छ विश्व । देशहरुले आ–आफ्नै लकडाउनका नियमहरु बनाएका छन् । मृत्यु भयले प्रत्येक मान्छेलाई सताईरहेको छ । आफ्नो जीवनको विछट्टै मायामा बेरिएका छन् । बितेका दिनहरु स्मरण गरिरहेका छन् । एल्बमका पानाहरु पल्टाउँदै विगतलाई सम्झने कोशिस गरिरहेका छन् । गोठमा बाँधिएका पशुहरुको अनुभव गरिरहेका छन् । पिंजडामा राखिएको पंक्षीहरुको कथा भोगीरहेका छन् । आफ्नो जीवनलाई आफै करेक्सन गरिरहेका छन् । बाँकी रहेका कामहरु गर्न आतुर छन् ।

विदेशमा रहेका नेपालीहरुलाई घरदेशको विछट्टै माया बढेको छ । परिवारसँग भेट हुन नपाइने हो कि भन्ने चिन्ता बढेको छ । कोरोना भाइरसले वर्गीयताको कुनै हिसाव गरेको छैन । ठूलो जात र सानो जातबीच कुनै सीमाना कोरेको छैन । कुनै पनि ब्यक्तिलाई भेदभाव गरेको छैन । कोरोना साँच्चै साम्यवादी भएर आएको छ विश्वमा । हाम्रो देश नेपाल साम्यवाद नजिक समाजवाद उन्मुख राष्ट्र हो । त्यसैले जनताका प्रतिनिधि सांसदहरु लकडाउनमा राहत पुर्‍याउन–बाँड्न हिंडेका छन् । कार ड्राइभिङ गर्दै, मोवाइल प्रयोग गर्दै राहत वितरणको नाममा ट्राफिक नियम उल्लंघन गर्न ब्यस्त छन् ।

विदेशमा रहेका नेपालीहरुलाई घरदेशको विछट्टै माया बढेको छ । परिवारसँग भेट हुन नपाइने हो कि भन्ने चिन्ता बढेको छ । कोरोना भाइरसले वर्गीयताको कुनै हिसाव गरेको छैन । ठूलो जात र सानो जातबीच कुनै सीमाना कोरेको छैन । कुनै पनि ब्यक्तिलाई भेदभाव गरेको छैन । कोरोना साँच्चै साम्यवादी भएर आएको छ विश्वमा ।

कोट–सुटमा चामल र दालको बोराहरु बोकिरहेका देखिन्छन् । तर हाई भिजीविलिटी लगाएको देखिंदैन । मुखमा माक्स प्रयोग गरेता पनि हातमा पन्जा लगाएको पाइँदैन । कोरोनाले नेताहरुलाई सेलिब्रेटी बन्ने अवसर दिईरहेको छ । कोरोनाले नेताहरुलाई सेलिब्रटीको काम सुम्पिइ दिईरहेको छ । भोट बैंकहरु सुरक्षित गर्नलाई राहत बाँडिरहेको तथ्य नयाँ होइन । कुनै अनौठो मान्नु पर्दैन । भुकम्प आओस् या माहामारी फैलियोस् कुरो उहि हो । वास्तविक पीडित र गरीबहरुले साँच्चै राहत पाएका छन् त ? रोडमै भरिया भोकले मर्नु यसको उत्तर हुन सक्छ । सीमानामा ज्यान गुमाउनु परेको छ अर्को उत्तर हुन सक्छ ।

क्वारेन्टाइनको विषयमा झडपहरु भईरहेकै छ । लकडाउनको विषयमा वडा अध्यक्षहरु प्रहरीबाट प्रकाउ परेकै छन् । कुटनीतिक नियोगका ब्यक्तिहरु रातारात नेपाल आउने र जाने भईरहेकै छ । सेल्फ आइसोलेसन वा क्वारेन्टाइनमा उनीहरुलाई राख्न आवश्यक ठान्दैन सरकार । हुनेखाने र पहुँच हुनेहरुका लागि लकडाउन छैन । उनीहरुलाई लकडाउनको आवश्यकता छैन । तर कोरोना भाइरसले पहुँचवाला चिन्दैन । कसैलाई पनि छोड्दैन किनकी कोरोना साम्यवादी छ । कोरोनाबाट बाँचेर १३ औं गणतन्त्र दिवस भर्खरै गएको छ । अर्को साल आउँछ कि आउँदैन ? जनताले सिंहदरबारलाई नार्गाजुन दरबार जस्तो देख्न थालेका छन् ।

सांसदहरुले ठ्याक्कै भाइभारदार जस्तै श्रीपेच पाइरहेका छन् । यहि बेला कोरोनासँगै आर्थिक बजेटमा एमसिसी छिरेको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता नक्सामा हाँसेर बाँचेको छ । कहिले मेटिने हो नक्सा जनतालाई पत्तो छैन ? परमानेन्ट पेनले देशको नक्सा लेख्न तयार छन् आम नेपाली जनताहरु । कोरोनाले यति चाहिं गरेकै छ हाम्रो देशमा ।

वेलायत :
यो पंतिकार सुगौली सन्धीले गर्दा बेलायतमा रहेको छ । वेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरसले आक्रमण गर्‍यो । सरकारले लकडाउन र कोरोना भाइरससम्बन्धी बनाएको नियमलाई जनताले जस्तै पालना गरे । सेल्फ आइसोलेसनमा उनले ११ दिन बिताए । स्वास्थ स्थिति कमजोर भएपछि अस्पताल लगियो । इन्सेटिप युनिटमा राखियो । रिकभर भई आफ्नो काममा फर्किए । अप्रिलको पहिलो हप्ता, स्टकल्याण्डको प्रमुख मेडिकल अफिसर डा. क्लोडउडले लकडाउन उल्लंघन गरेको आरोप खेपेपछि आफ्नो पदबाट राजीनामा दिए ।

पूँजीवादी राष्ट्र बेलायत सिस्टममा रहेर कोरनासँग यसरी जुझ्दैछ । तर मेरो देश नेपाल समाजवाद उन्मुख राष्ट्र हो । त्यसैले पूँजीवादको चर्को विरोध सांसद भवनमा गर्छ । जनतालाई लकडाउनमा राख्छ । रोडै घर भएकाहरुलाई प्रहरीद्वारा लाठी प्रहार हुन्छ । लकडाउन उल्लंघन हुन्छ । तर नेताहरु एक जिल्लाबाट अर्को जिल्ला पुगिरहेका छन् । पूँजीवाद र समाजवादको उल्टो अन्तर कोरोनाले यसरी छुट्याई दिएको छ ।

लकडाउनका कारण बजार ब्यवसायहरु बन्द भए । सरकारले ब्यावसायीहरुको ८० प्रतिशत भाडा तिरिदिए । कम्पनीहरुले कामदारहरुलाई ८० प्रतिशत तलब दिए । तलब नपाएकाहरुले युनिभर्सल क्रेडिट एप्पलाई गरे । घर भाडा र घरको किस्ता तिर्न नसक्नेहरुका लागि रेन्ट होलिडे र मोरगेज होलिडेको एप्लाई गरे । सुपर मार्केटहरुमा किनमेल गर्नका लागी पहिलो प्राथमिकता बृद्धहरुलाई दिए । त्यसपछि किई वर्करहरुलाई दिए । सम्बन्धित निकायले भनेरेवलहरुको घर–घरमा खानेकुराहरु पुर्‍याई दिए । पूँजीवादी राष्ट्र बेलायत सिस्टममा रहेर कोरनासँग यसरी जुझ्दैछ । तर मेरो देश नेपाल समाजवाद उन्मुख राष्ट्र हो । त्यसैले पूँजीवादको चर्को विरोध सांसद भवनमा गर्छ । जनतालाई लकडाउनमा राख्छ । रोडै घर भएकाहरुलाई प्रहरीद्वारा लाठी प्रहार हुन्छ । लकडाउन उल्लंघन हुन्छ । तर नेताहरु एक जिल्लाबाट अर्को जिल्ला पुगिरहेका छन् । पूँजीवाद र समाजवादको उल्टो अन्तर कोरोनाले यसरी छुट्याई दिएको छ ।

बेलायतले कोरोनाको मार विश्वको दोस्रो स्थानमा रहेर खेपिरहेको छ । बार पप्, रेस्टुरेन्ट, लिजर सेन्टरहरु सबै बन्द छन् । कोरोनाका कारण स्कूलहरु सबै बन्द गरे पनि अनलाइन कक्षाहरु सञ्चालनमा ल्याए । गएको हप्तादेखि प्राइमरी स्कूलहरु खुल्ला गर्ने आह्वान गरे । सामान्य अवस्थामा इङल्याण्डको प्राइमरी स्कूलहरुमा प्रत्येक दिन ८८ लाख २० हजारको हाराहारीमा विद्यार्थीहरु स्कूल जाने गर्दथे । लकडाउनमा प्राइमरी स्कूलहरु खुलाइएता पनि दुई लाख ४४ हजार हाराहरीमा विद्यार्थीहरु मात्र स्कूल गएका छन् (विवि समाचार) ।

घमाइलो दिनको शुरुवातसँगै सार्वजनिक ठाउँहरुमा मान्छेहरुको उपस्थिति बाक्लो हुन थालेको छ । पार्क र विचहरुमा घाम ताप्नेहरुको संख्या दिनानु दिन बृद्धि भईरहेको समाचारहरुले उल्लेख गरेका छन् । जुन १ तारिखदेखि ६ जनासम्म भेटघाट हुन पाउने इङल्याण्डले घोषणा गरेको छ । विस्तारै बेलायतलाई लकडाउनमुक्त बनाउन लागिरहेको संकेत पाइन्छ । प्रत्येक दिन प्रधानमन्त्री वा सम्बन्धित निकायका मन्त्रीले कोरोनाको विषयमा भर्चअयल प्रेसमिट गर्दै आईरहेकै छन् ।

नेपालीहरु :

बेलायतमा रहेका नेपालीहरुको मनोविज्ञान दुई प्रकार रहेको बुझ्न सकिन्छ । रोगको तरिका थाहा पाए पनि लुकाएर बस्ने एउटा मनोविज्ञान रहेको छ । रोग लागेको थाहा पाए अन्य ब्यक्तिहरुले छिछि दुर-दुर गर्छन् भन्ने सोचाईका कारण यसो भईरहेको हुन सक्छ । बृद्धबृद्धाहरुलाई यो चिन्ता र भयले धेरै मात्रामा पिरोलेको पाइन्छ । आफ्नो समस्या बताउनका लागि दोभाषेको आवश्यकता भएकाले यसो हुन गएको हुन सक्छ । केहि ब्यक्तिले आफूलाई कोरोनाको सिमटम नहुँदा पनि कोरोना लागेको प्रचार गरेको देखिन्छ । अन्य ब्यक्तिहरुको सेन्टिमेन्ट जित्नु र मिडियाहरुमा भाइरल हुने प्रयासमा यसो गरिएको पनि छ । विभिन्न मिडियाहरुको माध्यमबाट कोरोनाको समयमा पनि समाजसेवी हुनेहरुको कमी छैन । विश्व कोरोनाले थाङथिलो भएको अवस्थामा हुटिट्याउने स्वर्ग थामे जस्तो गर्नेहरु छँदैछन् ।

भूपु लाहुरेहरु
सबै भन्दा धेरै भूपु लाहुरेहरुको कोरोना संक्रमण कारण मृत्यु भएको छ । करिव ५५ जना कोरोनाले बितिसके । धेरै संख्यामा भूपु लाहुरेहरु संक्रमित हुनु र मृत्यु हुनुको कारणहरु छन् । मलेसियाको लडाई सकेर नेपाल फर्किएका धेरैजसो लाहुरेहरु बेलायतमा रहेका छन् । लडाईका क्रममा कतिपयलाई मच्छडले टोकेर मलेरिया भएको थियो । विषादीयुक्त रुख विरुवाले घोचेर विरामी भएका थिए । लडाई सकिएपछि धेरैजसो लाहुरेहरु कटौटीमा परे । पूर्णरुपमा निको नहुँदै विरामीहरुलाई पनि कटौतीको नाममा नेपाल फर्काइयो । उनीहरुलाई किरिया खर्च र बाटो खर्चसहित केहि राहत दिएर पठाइयो । नेपाल फर्केपछि धरैजसो उनीहरु आफ्नै थाँतथलो गए । दुःख–सुःख खेती किसान गर्दै बसे । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटु, मृगौला, नसासम्बन्धी आदि रोगहरुले उनीहरुलाई सताउन थाल्यो ।

सबै भन्दा धेरै भूपु लाहुरेहरुको कोरोना संक्रमण कारण मृत्यु भएको छ । करिव ५५ जना कोरोनाले बितिसके । धेरै संख्यामा भूपु लाहुरेहरु संक्रमित हुनु र मृत्यु हुनुको कारणहरु छन् । मलेसियाको लडाई सकेर नेपाल फर्किएका धेरैजसो लाहुरेहरु बेलायतमा रहेका छन् । लडाईका क्रममा कतिपयलाई मच्छडले टोकेर मलेरिया भएको थियो ।

वेलायतले भूपु गोर्खाहरुलाई आवासीय भिषा दिने नीति ल्यायो । नोकरीको समयमा वेलायत आउन पाएका थिएनन् उनीहरु । वेलायत हेर्नकै लागि पनि आए । जीवनको उतरार्धमा छोरा र नाती पुस्ताका लागि केहि कमाई दिने आशामा वेलायत स्थानान्तरण भए । पाको उमेर, जीर्ण शरीर, खस्किँदो तागत कोरोना भाइरसले दीर्घरोगीहरुलाई उम्कन्ने मौका नदिई रहेको अवस्थामा भूपु लाहुरे यसको मारमा परे ।

टुंग्याउनीमा एउटा लाहुरे …

जब उ कामबाट मुक्त भयो
रोगबाट ग्रसित बन्यो
सुविधाहरु पाउन थाल्यो
अस्पताल भर्ना भयो

केहि दिनपछि खबर आयो
नेपाल–नेपाल भन्दै
एउटा भूपु गोर्खा (लाहुरे) ले
बेलायतको अस्पतालमा अन्तिम श्वास फेर्‍यो रे ।

यो पनि पढ्नुहोस्
‘हामी लाहुरेहरु भूपीको चेसका गोटी जस्तै भयौं’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७