‘अश्लिल’ भन्दै पोखरा महोत्सवमा ज्योति मगरलाई बहिष्कार


१० माघ २०७४, बुधबार
jyoti magar

कास्की, १० माघ : कास्कीमा आयोजना हुने भनिएको प्रादेशिक औद्योगिक व्यापार मेलामा गायिका ज्योति मगरलाई बोलाउनु पर्ने प्रस्तावलाई अस्विकार गर्दै आयोजकले समाजमा विकृति फैलाउने गायिकालाई मेलामा नल्याउने बताएको छ ।jyoti magar

लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथको डाँडामा माघ ११ गतेदेखि २२ गतेसम्म आयोजना गर्ने १४ औं संस्करणको मेलामा कलाकार ज्योति मगरलाई निषेध गरेको बताएका छन् । मेलाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले उत्ताउलो पहिरनमा प्रस्तुत हुने र विकृति फैलाउने कलाकारलाई प्रवेश नदिने भन्ने वित्तिकै पत्रकारले ज्योति मगरका बारेमा प्रश्न सोधेका थिए । जवाफमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले यसो भने–‘ज्योति मगर जस्ता कलाकारलाई प्रवेश दिदैंनौ ।’

‘ज्योति मगरको प्रस्तुतिले लोकसंस्कृतिमै विकृति ल्यायो’–संघका अध्यक्ष कृष्णहरि भण्डारीले भने–‘यस्ता कलाकारलाई प्रोत्साहन गर्दा झन विकृति फैलिन सक्छ । मेलाले लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास एवम् समृद्धि हुने विश्वास र उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भन्दै बिकृति फैलाउने कलाकारलाई निषेध गरेको उनले जानकारी दिए ।

आयोजकका अनुसार महोत्सवका आकर्षणमा औद्योगिक व्यापार मेला अवलोकनका साथै विभिन्न परिकारको स्वादमा रमाउँदै हस्तकलाका समान, स्थानीय रुपमा उत्पादन, राष्ट्रिय कलाकारका मनोरञ्जनात्मक प्रस्तुति रहने छन् । साँस्कृतिक कार्यक्रम अन्तर्गत लुकेको प्रतिभाको खोजी अभियान अन्तर्गत पहिलो पटक एकल नृत्य विधामा गण्डकी तारालाई निरन्तरता दिइने संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा करीब एक करोड आम्दानी र खर्च ८० देखि ८५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७