गण्डकी प्रदेशमा एकै दिन थप ३८ संक्रमित, १० जना गोरखाका


२५ जेष्ठ २०७७, आईतवार
korona 1

पोखरा, २५ जेठ । गण्डकी प्रदेशमा आज (आइतबार) विहानै ३८ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा एकै दिन ठूलो संख्यामा संक्रमण देखिएको यो पहिलो हो । आइतबार बिहानसम्म प्रदेशमा संक्रमितका संख्या ११३ पुगेको छ ।

कोरोना संक्रमण देखिएका जिल्लाहरु (रातो), शनिबार साँझसम्मको तथ्यांकअनुसार ७० जिल्लामा संक्रमण फैलिइसकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा स्याङ्जाका मात्र १४ रहेका छन् । त्यस्तै गोरखा र बागलुङका १०–१०जना छन् । गोरखा जिल्लामै पहिलो पटक संक्रमित भेटिएका हुन् । यसअघि कञ्चनपुरमा कार्यररत गोरखाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो । संक्रमित सबै पुरुष रहेको र १७ देखि ५२ वर्षसम्मका उमेरका छन । उनीहरु सबै हभर्खरै मात्र भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा शनिबार राति उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले संक्रमितलाई सम्बन्धित जिल्लाको अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिएका छन् ।

k

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७