साम्राज्ञीलाई ‘गाउँले’ मन पर्दैन !


१० माघ २०७४, बुधबार
11 36

काठमाण्डौं, १० माघ : अन्तरवार्तामा सबैजसो कलाकारहरुले आफूलाई ‘भर्ससटाइल’ भन्न रुचाउँछन् । चलचित्रका नायक हुन वा नायिका आफू जुनसुकै भूमिकामा पनि अभिनय गर्न सक्ने दावी गर्छन् ।11 36

धेरै कलाकारहरुले आफूलाई शहरीया जीवनशैलीदेखि गाउँले पात्रको भूमिका दुवैमा उतिकै फिट बनाउन सक्ने दावी गर्छन् । तर अहिलेकी चर्चित नायिका साम्राज्ञीलाई भने शहरीया पात्रको भूमिकामा मात्र अभिनय गर्न मन लाग्छ । उनलाई ‘गाउँले’ चरित्रमा अभिनय गर्ने रुची नभएको बताएकी छन् । जसका कारण उनले एउटा चलचित्रको अफर नै अस्वीकार गरेकी छन् । उनले गाउँले भूमिका अस्वीकार गरेपछि अर्को कलाकारले अभिनयको मौका पाएकी छन् । sa

निर्माता तथा निर्देशक अशोक शर्मा नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले लामो समयपछि निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम भने तय भएको छैन । तर, कलाकारको नाम भने फाइनल गरिएको छ । अशोकले निर्देशन तथा निर्माण गर्न लागेको नयाँ चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिदैछन् । यो चलचित्रका लागि शुरुमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको थियो ।Samragyee Rajya Laxmi Shah

तर, साम्राज्ञीले गाउँले भूमिका भएको भन्दै गर्न नमानेपछि स्वस्तिमालाई अफर गरिएको थियो । स्वस्तिमाले भने यो चलचित्रमा काम गर्ने पक्का भएको छ । यो चलचित्रको छायाँकन माघको अन्तिमबाट शुरु हुने जनाइएको छ । चलचित्रको कथा खगेन्द्र आफैले लेखेका हुन् । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी अशोकले गरेका छन् । चलचित्रको छायाँकन इलाम, विर्तामोडलगायतका स्थानमा गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७