ब्रिटिस गोर्खा आर्मी २०२१ को लागि नयाँ दर्ता नहुने, पोहोर पोखराबाट बाहिरिएकाबाटै छानिन्ने


२६ जेष्ठ २०७७, सोमबार
british gurkha army

काठमाडौं, २६ जेठ । ब्रिटिस गोर्खा आर्मीको ‘रेक्रुट इन्टेक २०२१’ नहुने भएको छ । कोरोना भाइरसको महामारीले गर्दा ‘रेक्रुट बेलायतको ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइटमार्फत विज्ञप्ति जारी गर्दै इन्टेक २०२१’ का निम्ति नयाँ दर्ता र क्षेत्रीय छनोट रद्द गरेको जनाएको छ ।

मुख्यालयले यसपटक असहज परिस्थितिका कारण नयाँलाई अवसर दिन सम्भव नभएकोले यसपटक पोहोरको अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएकाहरूले नै मौका दिने बताइएको छ ।


सामान्य अवस्थामा नेपालबाट छनोट गर्दा धरान र पोखरामा फाराम भराएर क्षेत्रीय छनोट हुने गरेको थियो । क्षेत्रीय छनोटमा परेकाहरूलाई अन्तिम छनौटको लागि पोखरामा प्रतिस्पर्धा गराइन्छ ।
मुख्यालयले यसपटक गत वर्षको पोखरा (इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धा) पुुगेका तर अन्तिम छनौटबाट बाहिरिएका युवालाई अवसर बताएको छ ।


मुख्यालयका कर्णेल (महासेनानी) तथा ब्रिटिस गोर्खा नेपालका कमान्डर रिचार्ड गुडम्यानले परिस्तिती सहज भएपछि यो वर्षको केन्द्रीय छनोट सञ्चालन गर्नेछौँ ।’ उनले भनेका छन्,‘परिस्थिति अनुकूल भए हामी यो वर्षको पछिल्लो समयमा केन्द्रीय छनोट सञ्चालन गर्नेछौं । यद्यपि जोखिम कम गर्न हामीले संलग्न हुने व्यक्तिहरूको संख्या सीमित गर्नुपर्नेछ ।’


यस्तै उनले रजिस्ट्रेसन र क्षेत्रीय छनोट रद्द गरेर नेपाली जनतालाई भाइरस फैलिन रोक्न मानिस, परिवार र समुदायहरूलाई सुरक्षित रहन सहयोग गरिरहेको बताएको छ ।


बेलायतले नेपालबाट २०६ वर्षदेखि गोर्खा सैनिक लाँदै आएको छ । बेलायतले ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएको छ । सन २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती गथ्र्यो । अहिले ब्रिटिस गोर्खामा फस्र्टरोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र छन् । सन २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाउन थालेको हो ।


‘इन्टेक–२०२०’ मा ४ सय ३२ जना युवा व्रिटिस आर्मीमा र गोर्खा कन्टिन्जेन्ट (सिङ्गापुर पुलिस)का लागि १२० जना छनौट भएका थिए । उनीहरु अहिले भर्ती भएर तालिमरत छन् ।


सन् १८१५ मा बेलायती जनरल अक्टरलोनी र गोर्खाली सेनाका सरदार अमरसिंह थापाबीच सम्झौता भएपछि नेपालीहरु तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारमार्फत ब्रिटिस सेनामा भर्ती हुन थालेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७