लकडाउनमा पूर्व युवराज्ञी हिमानी शाहले नृत्य गरेको भिडियो भाइरल (भिडियो)


२७ जेष्ठ २०७७, मंगलवार
himani

काठमाडौं, २७ जेठ । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले टिकटकमा नृत्य गरेको भिडियो अहिले भाइरल बनेको छ ।

लकडाउनका कारण अहिले थाइल्याण्डमै रोकिएकी पूर्व युवराज्ञी शाहले उतै टिकटकमा छोरीहरूसँग नाचेको भिडियो भाइरल बनेको हो ।

हिमानीकी कान्छी छोरी कृतिकाको टिकटक अकाउन्टमा दुईटा भिडियो देख्न सकिन्छ । जहाँ उनी ‘जसो गर जे भन जता सुकै लैजाउ मलाई’ बोलको नेपाली गीत र अंग्रेजी एक गीतमा नृत्य गरिरहेकी छन् ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७