कोरोना संक्रमित उपमेयर ठाकुर भन्छन्,‘छिट्टै निको भएर जनताको सेवामा फेरि लाग्छु’


२७ जेष्ठ २०७७, मंगलवार
thakur bk

अर्घाखाँची, २७ जेठ  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका का उपमेयर तथा नेकपा प्रदेश कमिटी सचिवालय सदस्य एवं अर्घाखाँची जिल्ला कमिटी सचिव रहेका ठाकुरकुमार विकलाई कोरोना पोजेटिभ देखिएको छ । दिन रात नभनी ब्यबस्थापनमा खटिएका उपमेयर विकलाई साेमबार काेराेना संक्रमण देखिएकाे पुष्टी भएकाे हाे ।

पत्रकार सङ्ग कुरा गर्दै उनले भने,’कोरोना लाग्नु मृत्यु हुनु होइन सामाजिक दुरी कायम गरौ सावुन पानीले हात धोऔ ।तर पृथ्वी नै प्रलय भए झै गरि डर नमानौ । यो एक सामान्य सरुवा रोग हो यसरी बुझेर आत्मबल बलियो बनाउ ।’

यसैबीच उपमेयर विकले प्रस विज्ञप्ति निकालेर आफु घरमै आराम गर्दै तातोपानी र जडिबुटी खाएर कोरोनालाई परास्त पार्ने बताए का छन । उनले हाल आफ्नो स्वास्थ अवस्था सामान्य रहेको बताए । अरु बाकीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

‘जनताको सेवामा लाग्दा कोरोना लाग्यो,आत्मबल बलियो बनाएर बसेको छु” उनले भने,” छिट्टै निको भएर जनताको सेवामा फेरी लाग्छु ।

सोमबार उपमेयरसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुँनेहरुमा २९ जना पुरुष र २ जना महिला रहेका छन् । यससंगै जिल्लामा संक्रमित हुनेको संख्या ३६ पुगेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७