गण्डकीमा कोरोना संक्रमितको संख्या १४५ पुग्यो, नवलपुरमा थप एक जनामा संक्रमण


२८ जेष्ठ २०७७, बुधबार
korona 1 1 1536x1024 1

पोखरा, २८ जेठ । गण्डकी प्रदेशको नवलपुरमा थप एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरको देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा बसेका ४० वर्षीय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित पुरुषलाई नवलपुरकै रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यो सँगै ण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।

यस्तै, काठमाडौंमा स्वाब टेस्ट गर्दा कोरोना पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका ३९ जनाको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७