१४ तल्लाबाट खसेर अभिनेता सुशान्त सिंहको पूर्व म्यानेजर सलियानको निधन


२८ जेष्ठ २०७७, बुधबार
disha saliyan QAv6pL4N55

काठमाडौं, २८ जेठ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व म्यानेजर दिशा सलियानको सोमबार राति निधन भएको छ ।

एक भवनको १४ औं तल्लाबाट खसेर दिशाको मृत्यु भएको हो । रिपोर्टका अनुसार उनी आफ्नो प्रेमीसँग बस्दै आएकी थिइन् । घटनापछि उनलाई तुरुन्तै बोरिवली अस्पताल लगिएको थियो । तर, डाक्टरले उनलाई मृत्त घोषणा गरेका थिए । प्रहरीले दिशाको आमा–बाबुको बयान लिएको छ भने उनको प्रेमीको बयान लिन बाँकी रहेको छ ।

मुम्बई प्रहरी यतिबेला दिशाको मृत्युको कारण जाँच गरिरहेको छ । प्रहरीलाई कुनै सुसाइड नोट फेला परेको छैन । मिडिया रिपोर्टका अनुसार दिशाले घटनाअघि आफ्नो प्रेमी रोहन राय र केही साथीहरुसँग डिनर गरेकी थिइन् । त्यसपछि यो घटना भएको थियो ।

दिशा बन्टी सजदेहको म्यानेजमेन्ट कम्पनी कर्नर स्टोनमा कार्यरत थिइन् । अभिनेता वरुण शर्माले दिशाको निधनको खबरले आफू नै निकै दुःखी भएको बताएक छन् ।

इन्सटाग्राममा दिशासँगको तस्विर पोष्ट गर्दै उनले दिशा आफ्नो मिल्ने साथी भएको बताएका छन् । उनले लेखेका छन्, ‘मलाई अझै पनि दिशा तिमीले छाडेर गएको विश्वास भइरहेको छैन । तिमी निकै चाँडै गयौ ।’ दैनिक भाष्करबाट

1 8
2 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७