एमसीसीकाे विरोधमा युवाहरुको दिनहुँ सडकमा प्रर्दशन, सम्झौता राष्ट्रघाती रहेको दाबी {भिडियो}
काठमाडौं, २८ जेठ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सरकारले सम्झौता अघि बढाउने तयारी गरिरहदा यसको बिरोधमा काठमाडौंको सडकमा दिनहुँ विरोध भइरहेको छ ।
(एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै बुधबार बिभिन्न अभियान तथा युवाहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरिहेका हुन् ।
प्रदर्शनमा सहभागी भएकाहरुले एमसीसी खारेज गर्न माग गर्दै चर्का नारा लगाउदै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै सरकार बिरोधी नारा लगाएका थिए । एमसीसी सम्झौता राष्ट्रघाती रहेको दाबीसहित त्यसलाई पारित गर्न नहुने भन्दै सदन र सडकमा विरोध चर्किरहेको छ ।
बुधबार प्रदर्शनमा उत्रिने केही युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्ने क्रममा उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै सरकार बिरोधी नारा पनि लगाएका थिए ।
एमसीसी सम्झौता राष्ट्रघाती रहेको दाबीसहित त्यसलाई पारित गर्न नहुने भन्दै सदन र सडकमा विरोध भइरहेको छ ।
https://youtu.be/uqArB9Me9Sw
.gif)

.png)

