सरकारी कर्मचारी वर्षौदेखि व्यापारमा


१० माघ २०७४, बुधबार
व्यापारी विनोद कार्की कर्मचारी सुवास आचार्य शंकर पुरी शम्शेर मिया ।

काठमाडौं, १० माघ : भन्सार नाकाबाट सामान आयात गर्ने ब्यापारीहरुले मूल्याङ्कनमा सहजीकरण गर्ने कर्मचारीलाई घुस दिने गरेकोे समाचार नौलो होइन । भन्सार मूल्याङ्कनमा जीनको कपडालाई कटनको कपडा भनेर करोडौं रुपैयाँ राजस्व हिनामिनामा सघाएबापत व्यापारीले कर्मचारीलाई विदेश भ्रमणमा समेत लाने गरेको खुलासा भएको छ ।

व्यापारी विनोद कार्की कर्मचारी सुवास आचार्य शंकर पुरी शम्शेर मिया ।

रसुवा भन्सारबाट सामान आयात गर्ने व्यापारी विनोद कार्की र कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट कारोबार गर्ने अर्का व्यापारी समशेर मियाँले कर्मचारी र नेताहरूको टोलीलाई थाइल्याण्डको फुकेटदेखि सिंगापुर घुमाउन लगेको छ ।

कर्मचारीको सहयोगमा भन्सारछली गरी अथाह सम्पत्ति आर्जन गरेका कार्की र मियाँले २०७४ माघ ५ देखि रसुवा भन्सारका नायबसुब्बा सुभाष आचार्य, राजस्व अनुसन्धान विभागका कार्यालय सहयोगी शंकर पुरीसहितको टोलीलाई थाइल्याण्ड घुमाउन लगेका छन् । थाइल्याण्ड हुँदै उनीहरूलाई व्यापारीको टोलीले सिगापुर समेत लाने कार्यक्रम छ ।

व्यापारी कार्की नेपाल सरकारका स्थायी कर्मचारी हुन् । उनको पद सवारी चालक हो । उनले दरबन्दी धनगढीमा राखेर दसौँ वर्षदेखि निर्वाध पहिले तातोपानी हाल रसुवाबाट व्यापार गर्दैआएका छन् । उनले आफ्नो दरबन्दीमा खेताला सवारी चालक करारमा राखेर व्यापार गर्दैआएका छन् । उनको कनेक्सन अर्थमन्त्रालयका वर्तमान राजस्व सचिव शिशिरकुमार ढुंगाना र पहिलेका राजस्व सचिव राजन खनालसँग पनि रहेको स्रोतले बताएको छ । सचिव ढुंगाना र खनाललाई समेत उनले बेलाबेलामा सहयोग गरेको भन्दै बर्षौदेखि कार्यालय नगई व्यापार गर्दैआएका छन् ।

निजामती सेवा ऐनमा सरकारी कर्मचारीले व्यापार व्यवसाय गर्न नपाउने उल्लेख छ । तर कार्कीले वर्षाेदेखि रसुवा नाकाबाट व्यापार गर्दै आएका छन् । अर्थमन्त्रालयका सचिवहरूसँग कनेक्सन छ भन्दै उनले चीनबाट सामान आयात गर्दा जिनको कपडा ल्याए पनि कटन भन्दै भून्सार मूल्याङ्कन गराएर भन्सार छली गर्दै आएका छन् ।

कार्कीले जीन्सको कपडा ल्याए कटन भनेर मूल्याङ्कन गर्न र पश्मिना धागोलाई मोजा बुन्ने धागो ल्याएको भनेर मासिक करोडौं रुपैयाँ भन्सार छुट गराउँदै आएका छन् । पश्मिनाको धागोकोे प्रतिकिलो २४ डलर भन्सार शुल्क तिर्नुपर्छ भने मोजा बुन्ने धागोको ३ डलर मात्र तिर्नुपर्छ । जिनको कपडाको प्रतिमिटर १.१८ डलर पर्छ भने कटनको कपडाको २६ सेन्टमात्र भन्सार शुल्क तिरे पुग्छ । जिनको पाइन्टको ३ डलर भन्सार शुल्क लाग्छ । तर उनले बेबी (बच्चा) को भनेर १ डलरमा आयात गर्दै आएका छन् ।

समशेर मियाँ कृष्णनगर भन्सारका चर्चित तस्कर हुन् । कृष्णनगर, भैरहवा र नवलपरासीको महेशपुर भन्सारबाट उनले एकछत्र भन्सारछली गर्दै तस्करी गर्दैआएका छन् । भारतबाट आयात हुने सामानमा मासिक करोडौं रुपैयाँ भन्सारछली गर्नेमा मियाँ पर्दछन् । मियाँ तीनवटै भन्सारका तस्करी जगतका डनका रूपमा चिनिन्छन् ।

व्यापारी कार्की र मियाँले यसरी अब बन्ने सरकारमा पनि आफ्नो प्रभाव कायम राख्न कर्मचारीदेखि वामनेताहरुका छोराहरूलाई समेत बैंकक भ्रमणमा लगेका छन् । रसुवा भन्सार लगायतका भन्सार कार्यालयमा भन्सारछली नहोस् भनर आशिकुडा वल्र्ड लागू गरे पनि रिरुट गरी प्रतिट्रक १ लाख रुपैयाँ घुस लिने गरेको आरोप भन्सार प्रमुख गोपाल
कोइरालामाथि छ ।

अर्थमन्त्रालयदेखि भन्सार विभागले के के सामान आयात भए सबै प्रज्ञापनपत्र हेर्न सक्छ । तर विभाग र मन्त्रालयका सूचना प्रविधि हेर्ने कर्मचारीलाई समेत मिलाएर भन्सार छली हुँदैआएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७