गरिबको संकटमा साथ दिदै एमाले सांसद साँवा (फोटो फिचर)


१० माघ २०७४, बुधबार
LP Shawa Limbu 4

झापा, १० माघ : नेकपा (एमाले)का नेता तथा सांसद एलपी साँवा लिम्बूले शितलहरबाट पिडितहरुका लागि सिरक र ब्लाङ्केट वितरण गरेका छन् । लिम्बूले आफ्नो निर्वाचन क्षेत्र झापा–४ का कमजोर आर्थिक अवस्था भएकाहरुलाई कपडा वितरण हुन् ।

बुधबार झापा जिल्लाको झापा गाउँपालिका कमजोर आर्थिक अवस्था भएकाहरुलाई एक सय थान सिरक र एक सय थान ब्लाङ्केट वितरण गरेका हुन् । वितरण कार्यक्रममा सांसद साँवाले आफू जनताको हरेक संकट र सुखदुःखमा साथ रहने बताए । सबै जनताहरुलाई समृद्ध र सुखी बनाउका लागि आफूले बनाएको योजना अब कार्यान्वयन गर्ने बताए । उनले भने,‘म यहाँका हरेक जनताको संकटमा साथ रहनेछु ।’

वितरण कार्यक्रममा झापा–४ का प्रदेशसभा सदस्यद्धय झलकसिंह दर्लामी मगर, हीरा थापा र नेपाल मारवाडी सेवा समितिका सचिव प्रेम अग्रवालको पनि उपस्थीति रहेको थियो । कपडा नेपाल मारवाडी सेवा समितिको सहयोगमा वितरण गरिएको हो ।

LP Shawa Limbu 5

 

LP Shawa Limbu 4

LP Shawa Limbu 1 LP Shawa Limbu 2 LP Shawa Limbu 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७