काठमाडौं महानगरपालिकालार्इ वनमन्त्रीले फसाए


२१ आश्विन २०७४, शनिबार
Bikram Pandey and biday sundar sakya

काठमाडौं : वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेको निर्माण कम्पनीले तीन बर्षअघि ठेक्का लिएको एउटा बाटो अहिलेसम्म निर्माण हुन सकेको छैन । मन्त्री पाण्डेको स्वामीत्वमा रहेको कालिका कन्ष्ट्रक्सनले ०७१ सालमा तीन पिप्लेदेखि सिसडोल ल्यान्डफिल साइटसम्मको आठ किलोमिटर बाटो १८ महिनाभित्र निर्माण गर्ने गरी ठेक्का लिएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Bikram Pandey and biday sundar sakya

कालिका कन्ष्ट्रक्सनले ठेक्का पाएको सो बाटो सो बाटो हाल दुई किलोमिटर मात्र पिच भएको छ । काठमाडौं महानगरपालिका स्रोतका अनुसार पाण्डेका ज्वाइँ ठाकुर कँडेलले सो बाटो निर्माण गर्ने जिम्मा लिएका थिए ।

सिसडोलबासीले बाटो निर्माण नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान लिएपछि कामपाले मन्त्री पाण्डेसँग कुरा गरेको थियो ।

कामपा भौतिक निर्माण विकास विभाग प्रमुख उत्तर रेग्मीले दशैंअघि कुराकानी गर्दा तत्काल निर्माण गर्ने बताएका थिए । सो निर्माण कम्पनीले केही दिन काम गरेपछि पुनः छाडेको कामपाले दाबी गरेको छ । कामपा सिसडोल ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बाटो निर्माण गर्न पटक–पटक ताकेता गरेपनि निर्माण कम्पनीले वेबास्ता गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७