इङल्याण्ड र वेल्स क्रिकेट बोर्डद्धारा प्रतियोगिता शुरु गर्न पाँच चरणको रोडम्याप


३० जेष्ठ २०७७, शुक्रबार
j1dIhVYFQz11KkpfZLcM

काठमाडौं, ३० जेठ । इङल्याण्ड र वेल्स क्रिकेट बोर्डले क्रिकेट प्रतियोगिता शुरु गर्न पाँच चरणको रोडम्याप तयार पारेको छ ।

कोरोनाका कारण स्थगित क्रिकेट पुनः शुरु गर्न बोर्डले पाँच चरणको रोडम्याप बनाएको हो । बोर्डले तत्काल समूहमा ६ जनासम्म खेलाडीलाई प्रशिक्षण गर्न दिएको छ ।

यसमा सामाजिक दूरी कायम गरेर प्रशिक्षण गर्न भनेको छ । चौथो चरणमा खेल खेल्ने र पाँचौ चरणमा सबै प्रतिबन्धबाट मुक्त भएर मैदानमा खेल्ने रोडम्याप बनाएको छ ।

चौथो चरणको नियम भने छोटो फरम्याटका लागि लागु हुनेछ । त्यसमा हस्पिटालिटी र इन्डोर फेसिलिटीको प्रयोगमा भने रोक लगाइने भएको छ ।

पाँचौ चरणमा सबै फरम्याटका लिग, प्रतियोगिता र उपलब्ध फेसिलिटीको प्रयोग गर्न पाइनेछ । तर त्यसमा सामाजिक दुरीको नियमपनि लागु हुने छैन । इङल्याण्ड बोर्डले यसलाई मान्यतामा लगे पनि वेल्स बोर्डले जुन १८मा रिभ्यु गर्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७