अभिनेत्री निरिशा बस्नेत अस्पताल भर्ना, कोरोना संक्रमण भएको गराइन् जानकारी


३० जेष्ठ २०७७, शुक्रबार
100466813 10213202097727031 4906025311247794176 n

काठमाडौं, ३० जेठ । नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएकी छिन् ।

बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गर्दै कोरोना संक्रमित भएको जानकारी गराएकी छिन् । उनले अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् ।
बस्नेतले फिल्म ‘जानी नजानी’मा अभिनय गरेकी छिन् । उनी केही समयदेखि मुम्बईमा छिन् ।

मुम्बईमा काम गर्ने क्रममा आफू कोरोना संक्रमित भएको नायिका बस्नेतले जनाएकी छिन् ।
‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु’, उनले भनेकी छिन्, ‘अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन ।’

कोरोनाको लक्षण देखिएपछि कोरोना भाइरस परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको नायिका बस्नेतले बताएकी छिन् । नायिका बस्नेत हाल मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तीन वर्षदेखि मुम्बईमा अभिनयमा सक्रिय नायिका बस्नेत भारतीय टेलिशृंखला ‘प्रेम नन्दिनी’ सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छिन् । दुई वर्षअघि फिल्म ‘जानी नजानी’ को सुटिङ र रिलिजका लागि नायिका बस्नेत नेपाल आएकी थिइन् । नायिका बस्नेत अभिनेता विश्व बस्नेतकी छोरी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७