दुई हजार बढी विद्यालयमा क्वारेन्टिन


३१ जेष्ठ २०७७, शनिबार
Chanda Chaudharya in Mahottari distributing releifes 9 1536x1152 1

काठमाडौं, ३१ जेठ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौ वटा विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको हो ।

विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधार समेत हुने भएकाले विद्यालयमा क्वारेन्टिन बन्ने क्रम बढेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ ।
केन्द्रका अनुसार, प्रदेश १ मा १६० वटा, प्रदेश दुईमा २०२ वटा, बागमती प्रदेश १५० वटा तथा गण्डकी प्रदेशमा २३८ वटा विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ ।

प्रदेश ५ मा ७५१ वटा, कर्णाली प्रदेशका २४५ वटा तथा सुदूरपश्चिम प्रदेशमा २६३ वटा समेत कुल दुई हजार नौवटा विद्यालयमा क्वारेन्टिन बनाइएको जानकारी केन्द्रले दिएको छ । सबैभन्दा धेरै प्रदेश ५ का विद्यालयमा क्वारेन्टिन बनाइएको पाइएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७