लकडाउनको नयाँ मोडालिटीले प्रहरी पनि हैरान


३१ जेष्ठ २०७७, शनिबार
luckdown in transport 6 scaled

काठमाडौं, ३१ जेठ । सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् ।

गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् ।

गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा सुरक्षा अंगका प्रमुखहरुले मोटरसाइकलमा सवार व्यक्तिहरुका हकमा भएको निर्णय सबैभन्दा अव्यावहारिक देखिएको बताए ।

उनीहरुले सरकारी निर्णय आएलगत्तै प्रहरीले सडकमा हैरानी व्यहोर्नु परेको, कतिपय स्थानमा प्रहरी र मोटरसाइकल चालकका बीचमा भनाभनको स्थिति समेत देखिएको गृहमन्त्री थापासँग गुनासो गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७