समाजवादीको ह्वीप : नयाँ नक्साको विपक्षमा रहेकी गिरीले भनिन्, ‘संसदभित्रै निर्णय लिन्छु’


३१ जेष्ठ २०७७, शनिबार
sarita2020 05 18 05 23 14

काठमाडौं, ३१ जेठ । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न मतदान गर्न ह्वीप जारी गरेको छ ।

शनिबार बसेको संदीय दलको बैठकले सशोधनका पक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रमुख सचेतक उमाशंकर चौधरीले जानकारी दिएका छन् ।

लिपुलेक समेटिएको नेपालको नयाँ नक्साको विपक्षमा बोल्दै आएकी आफ्नी पार्टीकी नेतृ सांसद सरिता गिरी आफ्नो अडानमा अडिग रहेपछि यस विषयमा के गर्ने भन्ने विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक बसेको थियो ।

संसदीय दलको बैठकले सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गर्दै सांसद गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिएको एक सांसदले बताएका छन् ।

ती सांसदका अनुसार पार्टीको निर्देशनपछि सांसद गिरीले संसदभित्र सोचेर निर्णय लिने बताएकी छिन् । निशान छापमा नेपालको नयाँ नक्सा राख्न आजै संविधान संशोधन गर्ने तयारी छ । त्यसका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७