यौनधन्दामा १३ वर्षका किशोरी पनि, ७० जना समातिए


११ माघ २०७४, बिहीबार
Screenshot 5 2

झापा, ११ माघ : झापाका विभिन्न स्थानमा हुने यौनधन्दामा किशोरीहरु समेत संलग्न भईरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले तीन महिनायता यौनधन्दामा संलग्न आरोपमा ७० भन्दा बढी महिलालाई पक्राउ गरेको छ ।Screenshot 5 2

त्यसमा १३–१४ वर्षका किशोरीको संख्या उल्लेखनीय छ । उनीहरूलाई होटेल, लज र खाजा घरमा यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका डिएसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका कतिपय महिलाले आफ्नै इच्छाले यौन व्यवसायमा लागेको जानकारी गराएका छन् । पक्राउपछि उनीहरूले ठेगाना पनि ढाँट्ने गरेका छन् । प्रहरीले एउटै व्यक्तिलाई पटक–पटक पक्राउ गरेको समेत भेटिएको छ । एक पटक पक्राउ परेको महिला–किशोरी अब यस्तो काम नगर्ने भन्दै छुट्ने र पछि फेरि यौनधन्दामै लाग्ने गरेको पाइएको डिएसपी कोइराला बताउँछन् । youn

‘पूर्वकाले पश्चिम ठेगाना बताउँछन्, पश्चिमकाले पूर्वको । पछि खाजाघरका सञ्चालक नै महिलालाई छुटाउँछन् र फेरि यौनधन्दामै लगाउँछन्’–डिएसपी कोइराला भन्छन् । केही महिला भने जीविकोपार्जनका लागि बाध्य भएर यौनधन्दमा लागेको डिएसपी कोइराला बताउँछन् ।
शहरी क्षेत्रमा प्रहरीले कडाइ गर्न थालेपछि अहिले बिर्तामोडका होटेलमै राखेर यौनधन्दा घटेको प्रहरीको भनाइ छ ।

डिएसपी कृष्णप्रसाद कोइरालाले भने–‘त्यसको साटो होटेल सञ्चालकले गाउँघरतिर डेरा लिएर यौन व्यवसाय सञ्चालन गर्न थालेका छन् । होटेलमा महिलामाथि हुने यौनहिंसा रोक्ने दायित्व प्रहरीको मात्र नभएको उनी बताउँछन् । स्थानीय तहको पनि सहयोग चाहिने उनले बताएका छन् । डिएसपी कोइराला भन्छन्–‘१३–१४ वर्षकी एउटी नानी पनि पक्राउ परेकी थिइन् । हामीले माइती नेपालमा बुझायौं । उनी त त्यहाँबाट पनि भागेर फेरि त्यही पेसामा लागिछन्, अहिले फेरि पक्राउ गरेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७