राष्ट्रघाती सन्धी-सम्झौता गर्नेले माफी माग्नु पर्छ : उपेन्द्र यादव


३१ जेष्ठ २०७७, शनिबार
Upendra Yadav

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले विगतमा भएका विभिन्न राष्ट्रघाती सम्धी र सम्झौता गर्ने राजनीतिक दल र नेताहरुले जनता सामु माफी माग्नु पर्ने बताएका छन् ।

उनले यसअघि भारतसँग भएका सुगौली सन्धीलाई माथ गर्ने गरी गरिएको राष्ट्रघाती सन्धीमा भूमिका खेल्नेहरुले माफी मागेर आत्मालोचना गर्नुपर्ने बताए ।

प्रतिनिधिसभाको शनिबारको वैठकमा नेता यादवले राष्ट्रवादी देखिन दोहोरो कुरा गरेर हिड्ने प्रवृत्ति रोकिनु पर्ने बताए । उनले महाकाली सन्धीमा सुगौली सन्धी भन्दा ठूलो राष्ट्रघात भएको भन्दै उक्त सन्धी गर्ने कांग्रेस वा कम्युनिष्ट जो भए पनि नेपाली जनतासामु माफी माग्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संसोधनमाथि बोल्दै अध्यक्ष यादवले पटक पटक भारत र छिमेकी मुलकसँग भएका सन्धी र सम्झौताले गरेको राष्ट्रको क्षतीको जिम्मेवारी लिन र त्यसको हिसाब सार्वजनिक गर्न माग गरे ।

उनले शुक्रवार आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा आएर सत्तारुढ पार्टीका कार्यकर्ताले गरेको व्यवहार उचित नभएको भन्दै आफ्नो राष्ट्रियतामाथि पटक–पटक प्रश्न नउठाउन अनुरोध गरे ।
यादवलले भारतसँग यसअघि नै वार्ता गर्ने भनेर पटक–पटक भएका ससहमतिहरू कार्यन्वयन नहुनुको कारण समेत उनले माग गरेका थिए ।

यादवले पहिले संविधान संशोधन विधेयक टेबल गरेपछि प्रमाण खोज्न विज्ञ टोली गठन गर्ने बाटो उल्टो भएको भन्दै प्रधानमन्त्रीलाई कहाँ पुगिन्छ भनेर प्रश्न गरेका छन् ।

उनले उक्त विज्ञ टोली समावेशी नभएको भन्दै असन्तुष्टि समेत पोखे । उनले भने आफ्नो पार्टी राष्ट्रियताको सवालमा एक ठाउँमा भएको भन्दै संविधान संशोधनको पक्षमा रहेको जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७