भारतमा कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो, आज एकै दिन ११ हजार संक्रमित


३१ जेष्ठ २०७७, शनिबार
korona india 6

नयाँदिल्ली, ३१ जेठ । भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भए पनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार शनिबार बिहानसम्ममा एकै दिनमा ११ हजार ४५८ जना संक्रमित भएका छन् । एकै दिनमा संक्रमित भएकाहरुको संख्या यो अहिलेसम्मकै सवैभन्दा धेरै रहेको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण भारतमा ३८६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ८ हजार ९९३ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये एक लाख ४५ हजार ७७९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने एक लाख ५४ हजार ३३० जना क्रमण मुक्त भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ८८४ पुगेको छ ।

भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख १ हजार १४१ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै रहेको तमिलनाडु प्रदेशमा ४० हजार ६९८ जना र तेस्रो धेरै संक्रमित रहेको दिल्ली प्रदेशमा ३६ हजार ८२८ जना सङ्क्रमित रहेका छन् । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७