जेब्राक्रसमै महिलाको गयो ज्यान


११ माघ २०७४, बिहीबार
accident

बुटवल, ११ माघ : रुपन्देहीको तिलोत्तमा नगरपालिका जेब्राक्रसमा बाटो काट्दै गरेकी एक महिलालाई ट्रिपरले ठक्कर दिंदा ज्यान गएको छ । जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलाको ठक्करबाट बिहीबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ। उनको पहिचान अझै नखुलेको प्रहरीले बताएको छ ।accident

जेब्राक्रसबाट सडक पार गर्दै गरेकी पैदलयात्रीलाई लु १ ख ९८३८ नम्बरको ट्रिपरले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको छ । स्थानीयले ठक्कर दिने ट्रिपर जलाई दिएका छन् भने अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन् । स्थानीयको प्रदर्शनपछि अहिले राजमार्ग ठप्प भएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन भए पनि तनाव नियन्त्रणमा आएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७