महाकाली सन्धिमा अन्यथा अर्थ लगाउनु वाञ्छनीय हुँदैन : विष्णु पौडेल


३१ जेष्ठ २०७७, शनिबार
bishnu paudel 1

काठमाडौं, ३१ जेठ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धिमा गलत अर्थ लगाइएको बताएका छन् ।

नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धिमा प्रयोग भएका शब्दहरूको गलत अर्थ लगाइएको बताएका हुन ।

महाकाली नदीको अधिकांश भाग सीमाना भनेर सुगौली सन्धिभन्दा झन् राष्ट्रघाती महाकाली सन्धि भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले त्यहाँ प्रयोग भएको शब्दको गलत प्रयोग भएको औंल्याए ।

‘महाकाली सन्धिका बेलामा जुन खालको पदावली प्रयोग भएको छ । महाकाली नदीको अधिकांश भाग सीमा भनेर जसरी शब्द प्रयोग भएको छ’, उनले भने, ‘महाकाली नदीपूर्व भारतको भूभाग हो भन्ने होइन् महाकाली पश्चिम पनि नेपालको भूभाग छ भन्ने अंकित गर्छ भन्ने हो । यसमा कुनै पनि प्रकारको दुविधा राख्नु हुँदैन । त्यहाँ उल्लेख भएको कुरा अन्यथा अर्थ लगाउनु वाञ्छनीय हुँदैन ।’

सांसद पौडेलले नयाँ नक्सा जारी गरी संविधान संशोधन गर्ने नेपालको निर्णय कुनै पनि देशकाविरुद्ध नभएको बताए । भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ताको पक्षमा उभिदा छिमेकीहरूको दिल दुख्छ भन्ने लघुतावासमा नअल्झिन उनले आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७