गण्डकीका थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११९ पुग्यो


३२ जेष्ठ २०७७, आईतवार
korona 1

पोखरा, ३२ जेठ । गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आइतबार बिहान प्रकाशित सूचना अनुसार थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्व देवचुली नगरपालिकाका २३ र ३२ वर्षका दुई जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमितहरुलाई जिल्लाकै रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको सूचना उल्लेख छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ । नेपालभर भने ५ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको छ ।

corona 02 32 05

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७