बार्सिलोनाको गोल वर्षा, मेस्सीको शानदार प्रदर्शन


३२ जेष्ठ २०७७, आईतवार
29578340 0 image a 3 1592086540053 N9ZR9QY9ke

काठमाडौं, ३२ जेठ । कोरोना भाइरसको महामारीका कारण स्थगित स्पेनिस ला लिगा पुनः शुरु भएको छ । आफ्नो पहिलो खेलमा साबिक विजेता बार्सिलोनाले मायोर्कामाथि ४–० को सहज जीत निकालेको छ ।

खेलको दोस्रो मिनेटमा नै आर्टुरो भिडालको गोलको मद्दतले बार्साले अग्रता लिएको थियो । खेलको ३७ औँ मिनेटमा मार्टिन ब्राथवेटले बार्साको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा जोर्डी आल्बाले बार्सिलोनाको अग्रता फराकिलो पारे भने खेलको इन्जुरी समयमा लियोनेल मेस्सीले चौथो गोल थपे । यो सिजन लिगमा उनको यो २० औं गोल हो । प्रतियोगितामा मेस्सीको प्रदर्शन शानदार रह्यो । मेसीले दुई गोलका लागि सहयोग गरेका थिए भने एक गोल गरेका थिए । खेलको ६६ सेकेन्डमा नै बार्साले अग्रता लिएको थियो । जोडी अल्बाको पासमा आर्टुरो भिडालले गोल गरेका थिए ।

त्यसपछि मेसीको पासमा ३७ औं मिनेटमा मार्टिन ब्राथवेट र ७३ औं मिनेटमा जोडी अल्बाले गोल गरेका थिए । मेस्सीले लुइस सुआरेजको पासमा ९०औँ मिनेटमा गोल गरे ।

शनिबारको खेलमा घाइते हुँदै जनवरीको शुरुवातबाट मैदान बाहिर रहेका लुइस सुवारेजले पनि पुनरागमन गरेका थिए ।

जीतसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड ले आइतबार इबारको सामना गर्दै यो अग्रतालाई घटाउने प्रयास गर्नेछ ।
२८ खेलबाट बार्साको ६१ अंक रहेको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक रहेको छ ।

शनिबार भएका अन्य खेलमा एस्पानियोलले आलाभेसलाई २–० गोलले हरायो भने भिल्लेरियालले सेल्टाभियोलाई १–० ले पराजित गर्यो । उता, रियल भायाडोलिडले लेगानेसमाथि २–१ को जीत हासिल गर्न सफल रह्यो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७