प्रदेश-२ मा थप ३४ जनामा कोरोना संक्रमण


३२ जेष्ठ २०७७, आईतवार
korona 1

जनकपुरधाम, ३२ जेठ । प्रदेश–२ मा आज (आइतबार) थप ३४ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश–२ का थप ३४ जनामा संक्रमण पुष्टि भएको छ । पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका एक जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो । पर्सा, बारा, रौतहट र सर्लाहीबाट ल्याइएका थ्रोट स्वाबको नमुना परीक्षणका क्रममा ३४ जनामा

कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘पर्सामा ३ जना महिला छन् भने अरु संक्रमित सबै पुरुष हुन्,’ डा. उपाध्यायले भने, ‘सम्बन्धित निकायमा खबर पठाएका छौं, उनीहरुलाई आइसोलेटेड गर्ने तयारी भइरहेको छ ।’

पर्साको पोखरिया क्वारेन्टिनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको छ । पोखरिया क्वारेन्टिनमा बस्दै आए पनि ३२ वर्षीया महिला वीरगञ्जको र २४ वर्षीय एक पुरुष बहुदरमाईका छन् ।

विन्दबासिनी क्वारेन्टिनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दबासिनी–३ का २६ वर्षीय पुरुषमा, जिराभवानी क्वारेन्टिनमा बस्दै आएका जिराभवानी–१ शान्तिटोलका ३२ वर्षीय पुरुषमा, धोविनी क्वारेन्टिनका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रिपोर्ट ढिलो आएको भन्दै धोविनी क्वारेन्टिनबाट ४४ जना भागेर घर पुगेका थिए । पछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर फिर्ता ल्याएको थियो । पर्सागढी नगरपालिका ४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– १ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । बाराका ९ जना संक्रमित सबै पचरौताका छन् । पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । रौतहट र सर्लाहीका संक्रमितको थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७