चलचित्र पद्मावतको विरोधमा भारत बन्द


११ माघ २०७४, बिहीबार

सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मावत’ को विरोधमा भारतका ७ राज्यमा प्रदर्शन भएका छन्  । राजस्थान, हरियाणा, मध्यप्रदेश, गुजरात, जम्मु–काश्मिर, उत्तर प्रदेश र महाराष्ट्रमा राजपूत संगठन करणी सेना र उसका समर्थकहरूले विरोध गरेका हुन् ।

‘पद्मावत’ बिहीबार रिलिज भएको हो । रिलिजको एक दिनअघि भारतभर विरोध–प्रदर्शन भएको हो । हरियाणा प्रशासनले आइतबारसम्मका लागि फिल्म हलको २ सय मिटर वरपर प्रदर्शनमा रोक लगाएको छ । थप हिंसा हुन नदिन सुरक्षाकर्मीको गस्ती बढाइएको हरियाणाका वरिष्ठ प्रहरी अधिकारी विनयप्रताप सिंहले जनाएका छन् । करणी सेनाका प्रमुख लोकेन्द्रसिंह कालवीले आगजनी र हिंसा हुनु दुःखद् भएको जनाउँदै मनको ज्वाला सडकमा बल्नबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

गुजरात, हरियाणा र राजस्थानमा बुधबार प्रदर्शनकारीहरूले गाडीमा आगजनी गर्नुका साथै ढुङ्गामुडा गरेका थिए । विद्यार्थीहरूले बसको सिटमुनि लुकेर ज्यान जोगाएको भाष्कर अनलाइनले जनाएको छ । हरियाणामाविद्यालयको एउटा बस तोडफोड गरिएको छ भने गुडगाउँमा पनि बसमा आगजनी गरिएको छ । करणी सेनाका प्रदर्शनकारीहरूले हरियाणा सडक विभागको गाडीमा आगजानी गर्दै सडक अवरुद्ध गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७