प्रदेश-२ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो, आजै थपिए ११० जना


३२ जेष्ठ २०७७, आईतवार
korona 1

जनकपुरधाम, ३२ जेठ । प्रदेश–२ मा आज (आइतबार) एकै दिन पाँच महिलासहित ११० नयाँ संक्रमित पुष्टि भएका छन् । यो यस प्रदेशमा संक्रमितको संख्या दुई हजार २३ पुगेको छ ।

आइतबार संक्रमित पुष्टि भएकामा सबैभन्दा बढी रौतहटमा ७४ जना छन् । योसमेत रौतहटमा संक्रमितको संख्या ७४४ पुगेको छ । त्यस्तै, पर्सामा १७, बारामा १२, सर्लाहीमा ६ र धनुषामा एक जना नयाँ संक्रमितको पुष्टि भएको हो ।

अहिलेसम्म प्रदेश २ को सबैभन्दा बढी संक्रमित रौतहटमै हो, ७४४ जना । रौतहटपछि सर्लाहीमा संक्रमितको संख्या ४८८ पुगेको छ । महोत्तरीमा १८८ संक्रमित छन् । धनुषामा १६०, सप्तरीमा १२९, पर्सामा १४१, बारामा ९७ र सिरहामा संक्रमितको संख्या ७३ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७