असार १ देखिको समयलाई लकडाउन अवधि नमान्ने बीमा समितिको निर्णय


३२ जेष्ठ २०७७, आईतवार
काठमाडौं, १ असार ।  बीमा समितिले असार १ गतेदेखिको समयलाई ‘लकडाउन अवधि’को मान्यता नदिने भएको छ । सरकारले कायमै राखे पनि गाडी चल्न थालेपछि सकितिले सोमबारदेखिको समयलाई सामान्य अवधि मान्ने भएको हो । मोटर बीमाको ले–अप अवधिको सम्बन्धमा यसअघि गरिएको निर्णयलाई समितिले प्रष्ट पार्न यो निर्णय गरेको हो ।
 
 
समितिले यसअघि लकडाउन अवधिलाई सवारी थन्किने समयको रुपमा व्याख्या दिँदै सो अवधिको बीमा प्रिमियममा बीमितलाई दुई तिहाई छुट दिन निर्देशन दिएको थियो । त्यस्तो छुट बीमाको नवीकरण गर्दा प्राप्त हुनेछ ।
 
 
बीमा समितिको मोटर बीमासम्बन्धी निर्देशिका २०७३ ले बीमा गरिएका कुनै पनि सवारी साधन २ महिना भन्दा बढी लामो समय थन्किएर बस्ने अवस्थामा त्यसको पूर्वजानकारी बीमा समितिलाई दिएमा त्यो अवधिको प्रिमियममा ९० प्रतिशत फिर्ता दिनुपर्ने उल्लेख गरिएको छ ।
 
 
103984875 266490244643550 1522183856315802053 n 0y3t9gM8uL
 
 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७