अभिनेता सुशान्तको हत्या भएको भन्दै परिवारद्वारा अनुसन्धान गर्न माग


१ असार २०७७, सोमबार
sushanta rajput 1562020020839 1000x0 1

मुम्बई, १ असार । आत्महत्या गरेका भनिएका भारतीय अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् ।

उनका परिवारले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरी समक्ष आग्रह गरेका छन् । राजपुत आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो ।

तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्, ‘उनले आत्महत्या गरे भन्ने विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौं, उनको हत्या भएको छ, प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।’

प्रहरीले भने घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताएको छ । भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् । प्रहरीले कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७