जुवाडे छुटाउन प्रहरीभित्रै चलखेल


११ माघ २०७४, बिहीबार
kauda khedai

काठमाण्डौं, ११ माघ : ललितपुरको लुभु–९ बाट हिजो (बुधबार) पक्राउ परेका नौ जना जुवाडेलाई छुटाउनका लागि प्रहरीभित्रैबाट चलखेल शुरु भएको छ ।kauda khedai

महानगरीय प्रहरी वृत्त सातदोबाटोले हिजो जग्गा कारोबारमा संलग्न सानोकाजी बस्नेत, शिवकुमार राईलगायत नौ जनालाई जुवा खालबाटै नियन्त्रणमा लिएको थियो । जुवा खालबाट १५ लाख हाराहारी नगद बरामद भएको स्थानीयले जानकारी दिए पनि सातदोबाटो प्रहरी वृत्तका डिएसपी विनोद सिलवालले भने चार लाख रुपैंयाँ मात्र नगद बरामद भएको बताएका छन् । उनले पक्राउ परेका सबैको नाम बताउन पनि आनाकानी गरेका छन् ।

पक्राउ परेका केहि पेसेवर रुपमा जुवाको अखडा सञ्चालन गर्दै आएका समेत रहेको समाचार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले पक्राउ परेकालाई बिना कार्वाही छुटाउनका लागि प्रहरीभित्रै नै चलखेल भइरहेको छ । प्रहरीभित्रैबाट बरामद भएको रकम कम देखाएर बिना कार्वाही छुटाउने खेल भइरहेको स्रोत बताउँछ । सार्वजनिक स्थानमा यसरी जुवा खेलाउनेमाथि कार्वाही हुनुका साथै बरामद रकम सरकारी राजश्वमा जम्मा हुने व्यवस्था छ । तर, प्रहरी संगठनका मानिस नै जुवाडेको बचाऊमा लागेको जानकार बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७