मास्क नै कोरोना संक्रमणबाट जोगाउने मुख्य हतियार : अध्ययन


२ असार २०७७, मंगलवार
mask
फाइल फोटो

काठमाडौं, २ असार । मास्क नै कोरोना संक्रमणबाट मानिसलाई जोगाउने मुख्य हतियार भएको एक अध्ययनले देखाएको छ ।

टेक्सस र क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुको एक टोलीले इटली र न्युयोर्कमा मास्क लगाउँदा र नलगाउँदाका संक्रमण दरको तुलनात्मक अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् । जसमा दुवै स्थलमा मास्क लगाउनु अनिवार्य बनाइएपछि मात्र संक्रमणको संख्यामा कमी आएको अध्ययनले देखाएको हो ।

सार्वजानिक स्थलमा ‘फेस मास्क’ लगाउनु नै मान्छेबाट मान्छेमा सर्न नदिने सबैभन्दा प्रभावकारी उपाय साबित भएको प्रतिवेदनमा उल्लेख छ ।

यसपछि सामाजिक दूरी, क्वारेन्टिन अनि कन्ट्याक्ट ट्रेसिङले पनि खोप निर्माण हुनु अगाडि कोरोना नियन्त्रणमा मुख्य भूमिका खेलिरहेको प्रतिवेदनले जनाएको छ । भाइरस सबैभन्दा बढी मान्छेले खोकेर वा हाँक्ष्यु गर्दा सीधै अर्को व्यक्तिमा सर्ने गरेको पाइएको हो ।

यसबारे स्पष्ट पत्ता लगाउन उनीहरुले कोरोनाको एपिसेन्टर वुहान, चीन, इटली र न्युयोर्कमा संक्रमणको ट्रेन्डबारे अनुसन्धान गरिएको थियो । यसमा मास्क लगाउनुले हावाबाट हुने संक्रमण र सिधा सम्पर्कबाट भाइरस सर्न जोगाउने हुनाले नै सबैभन्दा उचित तरिका साबित भएको हो ।

त्यस्तै सामाजिक दूरी, क्वारेन्टिन र आइसोलेसनले अर्को व्यक्तिसँग सम्पर्कमा आउन नदिने हुँदा संक्रमण दर न्युनिकरण गराउने तर हावा मार्फत हुन सक्ने संक्रमणबाट भने सुरक्षित राख्न नसक्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७